थ्रीस्टार हाइड्रोपावर लिमिटेड
यस थ्रीस्टार हाइड्रोपावर लिमिटेडको मिति २०८३ असोज २७ गते मंगलबार (तद्नुसार अक्टोबर १३, २०२६) आयोजना हुन गइरहेको नवौं, दशौँ र एघारौँ संयुक्त वार्षिक साधारण सभा सम्बन्धी सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरूका लागि निम्न बमोजिमका अद्यावधिक सूचनाहरू प्रकाशित गरिएको छ:
१. उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्बन्धी जानकारी:
सञ्चालक पदमा १ महिला सहित ३ जना सञ्चालक निर्वाचन प्रयोजनको लागि दर्ता उम्मेदवारहरू मध्ये कोही कसैले पनि आफ्नो नाम फिर्ता नलिएको हुँदा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारीको लागि अनुरोध गर्दछु।
२. उम्मेदवारको दोस्रो नामावली प्रकाशन सम्बन्धी जानकारी:
मिति २०८३/०६/२६ गते बिहान दर्ता भएका उम्मेदवारहरूको मनोनयन उपर दाबी विरोधका लागि सोही दिन दिउँसो २:०० बजेदेखि ३:०० बजेसम्मको समय तोकिएकोमा उक्त समयसम्म कुनै पनि उम्मेदवार उपर कुनै पनि दाबी विरोध दर्ता नभएको हुँदा उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारी गराइन्छ।
३. उम्मेदवारको प्रथम नामावली प्रकाशन सम्बन्धी जानकारी:
उक्त साधारण सभाबाट नियमावलीको नियम २७ को संशोधित व्यवस्था बमोजिम सञ्चालक पदमा १ महिला सहित ३ जना सञ्चालक निर्वाचन प्रयोजनको लागि मिति २०८३/०६/२६ गते बिहान ११:०० बजेदेखि १२:३० बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम रहेकोमा तोकिएको समय भित्र सञ्चालक पदमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीका लागि अनुरोध गरिन्छ।
४. निर्वाचन तथा अन्तिम मतदाता नामावली सम्बन्धी जानकारी:
उक्त साधारण सभाबाट नियमावलीको नियम २७ को संशोधित व्यवस्था बमोजिम सञ्चालक पदमा १ जना महिला सहित ३ जना सञ्चालक निर्वाचन गर्नका लागि:
-
मिति २०८३/०६/२५ गते बिहान १०:०० बजे मतदाताको प्रथम नामावली प्रकाशन गरिएकोमा उक्त नामावली उपर तोकिएको समयभित्र कुनै पनि दाबी विरोध तथा उजुरी नपरेकाले अन्तिम मतदाता नामावली प्रकाशित गरिएको छ।
-
निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया कम्पनीको निर्वाचन निर्देशिका, २०८३ बमोजिम अगाडि बढाइएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई जानकारी गराइन्छ।
५. निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी:
उक्त वार्षिक साधारण सभाबाट कम्पनीको नियमावलीको नियम २७ को संशोधित व्यवस्था बमोजिम सञ्चालक पदमा एक महिला सहित ३ जना सञ्चालक निर्वाचन गरी नियुक्त गर्नु पर्ने भएको हुँदा निर्वाचन निर्देशिका, २०८३ बमोजिम निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा जानकारी गराइन्छ। निर्वाचन सम्बन्धी विस्तृत तालिका तथा नामावली कम्पनीको कर्पोरेट कार्यालय (का.म.न.पा.-६, बौद्ध, काठमाडौँ) मा उपलब्ध छ।
६. वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रकाशन:
उक्त साधारण सभा प्रयोजनका लागि आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को विस्तृत वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन (Audited Financial Reports) प्रकाशित गरिएको छ। इच्छुक शेयरधनी महानुभावहरूले कम्पनीको वेबसाइटमा उपलब्ध तलको लिङ्क वा डाउनलोड खण्डबाट उक्त प्रतिवेदन अध्ययन गर्न सक्नुहुनेछ: